vada
News

माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री श्वेता खड्का

अभिनेत्री श्वेता खड्का माछापुच्छ्रे बैंक लिमिटेडको ब्रान्ड एम्बासडर नियुक्त भएकी छिन् ।बैंकले आफ्नो व्यवसाय प्रवर्धनका लागि अभिनत्री खड्कालाई एम्बासडर नियुक्त गरेको हो । माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका छन् ।

चर्चित अभिनेत्री, समाजसेवी, युवाव् यवसायी एंव अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल अभिनेत्री खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुँच पुग्ने बिश्वास बैंकले लिएको छ ।

नायिका खड्काले २० बर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकसँग ब्रान्ड एम्वासडरको रुपमा आवद्ध हुन पाउँदा आफूलाई खुशी लागेको बताएकी छिन् । उनले आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्‍याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध माछापुच्छ्रे बैंक लिमिटेड पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा एक हजार भन्दा बढी पिओएसमार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

Related Articles

Back to top button