vada
News

खुशीको खबर नेपालमा थप २ सय ८५ जनाले कोरोनालाई जितेर घर फर्किए

ठमाडौं, साउन २ । नेपालमा थप २ सय ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले थप २ सय ८५ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन् ।

योसँगै हालसम्म नेपालमा ११ हजार ५ सय ३७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । त्यस्तै यसअघि बिहिबार नेपालमा थप ६ सय ५७ जना कोरोना संक्रमण मुक्त भएका थिए ।

Related Articles

Back to top button