News

काठमाडौंका एक पुरुषमा पनि देखियो पुनः सं क्रमण

२३ वैशाख, काठमाडौं । को रोना भा इरस (को भिड-१९) मुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः सं क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा को रोना सं क्रमणको पुष्टि भएको हो । ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा को रोना सं क्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।

तर एक सातापछि पुनः प रीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पो जेटिभ आएको स्रोतले बताएको छ । उनकेा पाटन अस्पतालमै उपचार भइरहेको छ । यससँगै निको भएर पुनः सं क्रमित हुनेको संख्या तीन पुगेको छ । मंगलबार नै रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः सं क्रमण भएको पुष्टि भएको थियो ।

काठमाडौं । ल कडाउन शुरु भएपछिको ४० औं दिनमा करिब रु पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म रु एक अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि र रु ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।

मन्त्रालयको तथ्यांकानुसार एक लाख २३ हजार ६२७ मेट्रिक टन खाद्यान्न, ३५ हजार १३१ मेट्रिक टन दलहन, ५२ हजार ४७९ मेट्रिक टन तरकारी, १६ हजार ८६२ मेट्रिक टन फलफूल र ११ हजार ५९ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ । ल कडाउनपछि खाद्य पदार्थको आयात बढेको छ । पहिलो हप्ताको तुलनामा पाँचौँ हप्तामा खाद्यान्नमा एक सय ३६ प्रतिशत र दलहन तथा गेडागुडीको आयातमा ८५ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ३९ र ३१६ प्रतिशतले वृद्धि भएको छ । यही अवधिमा औषधिको कच्चा पदार्थको आयात ११८ र तयारी औषधिमा ५१ प्रतिशतले वृद्धि भएको छ । भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेका कारण गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयातनिर्यात ठप्प भएको छ । रासस
सुन्दै अचम्म यसरी सर्छ पैसाबाट को रोना, नेपालमा को रोना फै लाउन यस्तो ष ड्यन्त्र, फेरी छर्यो सडकमा पैसा भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close