कोरोना महामारी रहेसम्म एक बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा पैसा नलाग्ने
काठमाडौं । कोरोना भाइरसको महामारी रहेसम्म एक संस्थाको एटीएम कार्ड अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ।
राष्ट्र बैकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति प्रस्तुत गर्दै उक्त जानकारी गराएको छ।
शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन।
यस्तै राष्ट्र बैङ्कले ठूला बैङ्कहरुको मर्जरका लागि प्रोत्साहन गर्ने नीति लिएको छ।
मौद्रिक नीतिमार्फत् त्यस्ता बैङ्कहरुलाई अघिल्लो वर्ष दिइएको सुविधालाई कायमै राखी अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत कम गर्नसक्ने, स्थायी तरलता अनुपातमा १ प्रतिशत कम गर्नसक्ने, स्ंस्थागत मुद्दति निक्षेपमा १० प्रतिशतसम्म बढी हुनसक्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले कोरोनाको प्रभावमा परेका क्षेत्रहरुलाई कर्जा चुक्ता गर्न २०७७ असार मसान्त सम्मको अवधी रहेकोमा त्यसको म्याद ६ महिनादेखि १ वर्षसम्म थप गरेको छ।
गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै सामान्य प्रभाव परेको क्षेत्रको पुस मसान्त सम्मलाई अल्पकालिन कर्जाको म्याद थप गरिएको जानकारी दिएका हुन्।