vada
News

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३४ हजार ९ सय ५६ जना थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १० लाख ३ हजार ८ सय ७६ पुगेको हो ।

त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट ६ सय ८७ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यहाँ हालसम्म कोरोनाबाट मृत्यु हुनेका संख्या २५ हजार ६ सय दुई पुगेको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ४२ हजार ४ सय ७३ रहेको छ भने ६ लाख ३५ हजार ७ सय ५७ जना संक्रमणमुक्त भइसकेका छन् ।

भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ । यहाँ संक्रमितको संख्या दुई लाख ८४ हजार दुई सय ८१ पुगेको छ । तीमध्ये ११ हजार एक सय ९४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु राज्यमा एक लाख ५६ हजार तीन सय ६९ संक्रमित हुँदा २ हजार दुई सय ३६ जनाको मृत्यु भएको छ ।

केन्द्रीय राजधानी समेत रहेको दिल्ली राज्यमा पनि एक लाख १८ हजार ६ सय ४५ जना संक्रमित भएका छन् भने ३ हजार पाँच सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Related Articles

Back to top button