News

कोरोना भाइरसका कारण नेपालमा पनि मृत्यु भैसक्यो भन्दै भ्रम फैलाउने पक्राउ !

नेपालमा कोरोना देखिएको भनी श्रव्य सामग्री (अडियो) रेकर्ड गराएर सामाजिक सञ्जालमा भाइरस गराउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगर रहेका छन्। कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भाइरल बनाउने काममा मगरको संलग्नता देखिएसँगै उनलाई पक्राउ गरिएको हो।

एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको उक्त अडियो एक मिनेटको छ । अडियोमा नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भनेर उल्लेख गरिएको छ । उक्त अडियोका विषयमा सामाजिक सञ्जालमा अहिले आलोचना भइरहेको छ भने जनमानसमा भ्रम सिर्जना भएको छ ।

उक्त अडियोमा नेपालमा कोरोना लागेको भनेर भ्रामक प्रचार गरिएको छ । प्रहरीले गलत हल्लाका पछि नलागी नेपाल सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्नसमेत भनेको छ । नेपाल सरकारले गलत सूचना सार्वजनिक गर्नेलाई कारवाही गर्ने जनाइसकेको छ ।

यसैबीच नर्भिक इन्टरनेशनल अस्पताल काठमाडौँले अस्पतालमा कोभिड–१९ का बिरामी भेटिएको भनेर कपोलकल्पित सूचना प्रचार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गरी हालसम्म कोरोना भाइरसका कुनै पनि बिरामी फेला नपरेको स्पष्ट पारेको छ । त्यस्ता सूचना सार्वजनिक गर्नु सामाजिक अपराध भएकाले विज्ञप्तिमा कानूनी कारवाहीको माग गरिएको छ

Related Articles

Back to top button
Close