vada
News

सामाजिक दूरी कायम गर्ने शर्तसहित लकडाउन खुकुलो पार्नुपर्ने गृहमन्त्री थापाको भनाइ

काठमाडौं, २३ बैशाख । गृहमन्त्री रामबहादुर थापाले प्राणघातक कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण अर्थतन्त्रमा नकारात्मक असर पर्न थालेकाले खुकुलो पार्नुपर्ने बताउनुभएको छ ।

मंगलबार कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री थापाले रोजगारी गुमेको र अन्य क्षेत्रमा पनि नकारात्मक प्रभाव पर्न थालेको बताउँदै शर्तसहित क्रमशः लकडाउन खोल्नुपर्ने बताउनुभएको हो ।

गृहमन्त्री थापाले सामाजिक दूरी कायम गर्ने शर्तसहित क्रमशः उद्योग र सेवा क्षेत्रहरु खेल्नुपर्ने बताउनुभयो ।सामाजिक दूरी कायम नगरिएको अवस्थामा आर्थिक संकटले मात्रै नभई कोरोनालेसमेत सिध्याउने गृहमन्त्री थापाको भनाइ छ ।उहाँले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

Related Articles

Back to top button