अमिताभको स्वास्थ्यको बारेमा अस्पतालले यस्तो भन्यो
काठमाडौं । शनिवार कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका बलिउडका कलाकार अमिताभ बच्चनको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले जानकारी सार्वजनिक गरेको छ । अमिताभको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ । शनिवार अमिताभ संगै उनको परिवारका सदस्यमा कोरोना पुष्टि भएको थियो ।
अमिताभको छोरा बुहारी र नातिनीमा कोरोना पुष्टि भएको हो । अमिताभ र अभिषेख अस्पताल भर्ना भएका छन् भने नातिनी र बुहारी ऐश्वर्या होम क्वारेन्टिनमा बसेका छन् । कोरोना भाइरसबाट संक्रमित बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यमा सुधारमा आएको छ।
मुम्बईको नानावटी अस्पतालमा उपचाररत अमिताभले कम्तीमा ७ दिनसम्म अस्पतालमै बस्नुपर्ने चिकित्सकले बताएका छन्। छोरा अभिषेक पनि ७ दिन अस्पतालमा बस्नेछन्।
गत शनिवार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो। त्यसको भोलिपल्ट ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि देखिएको थियो। पीटिआईका अनुसार दुबैको स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ।
यो अर्को समाचार, कोरोनाका कारण भारतको अवस्था थप खराबतिर लागेको छ। मंगलवार एकै दिन भारतमा ३० हजार भन्दा धेरै संक्रमित भेटिएका छन्। संक्रमितको संख्याले पहिलो पटक ३० हजारको सीमा पार गरेको हो।
कोरोना भाइरसका कारण संसारका सबैभन्दा खराव मुलुकको सूचीमा भारत तेस्रो स्थानमा छ। अमेरिका र ब्राजिलपछि भारतको हालत सबैभन्दा कमजोर देखिएको हो। भारतमा कोरोना सं’क्रम’णबाट मृ’त्यु हुनेको संख्याले पनि २४ हजारको सीमा पार गरेको छ। मंगलवारमात्रै ५ सय ८२ जना संक्रमितको ज्यान गुमेको छ।
मंगलवार ३० हजार १ सय ४२ जना नयाँ संक्रमित थपिएपछि भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ३६ हजार ९ सय ९४ पुगेको छ। कुनै बेला भारतको सीमित राज्यमा मात्र तीब्र रफ्तारमा कोरना संक्रमित भेटिएका थिए भने अहिले त्यो धेरैतिर फैलिसकेको छ। कम्तिमा पनि १० राज्यमा मंगलवार संक्रमितको संख्या हजारभन्दा माथि रहेको छ।
यसअघि नेपालसँग सीमा जोडिएको भारतीय प्रान्त बिहारमा मंगलवार एकै दिन १४ सय ३२ जना संक्रमित थपिएका छन्। यो बिहारको एकै दिन पहिचान भएका कोरोना संक्रमितको अहिलेसम्मकै ठूलो सूची हो। नेपालसँगै सीमा जोडिएको उत्तर प्रदेशमा मंगलवारमात्र २८ जनाले ज्यान गुमाएका छन्।