vada
News

सुत्केरी लिएर हिडेको एम्बुलेन्स दुर्घटना हुँदा नवजात शिशुसहित ११ जना घाइते

काठमाडौं । दाङमा एम्बुलेन्स दुर्घटना हुँदा एक दिनको नवजात शिशुसहित ११ जना घाइते भएका छन् । सुत्केरी लिएर नेपालगञ्जबाट पश्चिम दाङको हंसपुरको लागि छुटेको भे १ च १५९९ नम्बरको एम्बुलेन्स तुलसीपुर हापुरे–सुर्खेत सडकखण्डको कुमालगडीमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घुम्तीमा एम्बुलेन्सको स्टेरिङ फेल हुँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।जनतासमाचर

Related Articles

Back to top button