News
नयाँ रेकर्ड राख्दै ह्वात्तै बढ्यो सुनको मूल्य
काठमाडौं बुधबार नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड राखेको छ । मंगलबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।