vada
News

एम्बुलेन्स र मोटरसाइकल ठो’किदा सशस्त्रका हवल्दारको मृ’त्यु

धनगढी : कैलालीमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठो’किदा एक सशस्त्र प्रहरीको मृ’त्यु भएको छ भने एक जना घा’ईते भएका छन ।जिल्लाको पुर्व पश्चिम राजमार्गको गौरीगंगा नगरपालीका ९ शंकरपुरमा पश्चिमबाट पुर्व तर्फ गईरहेको ओम साई हस्पिटल धनगढीको एम्बुलेन्स से१च १८२८ र पुर्वबाट पश्चिम तर्फ गईरहेको म२प ५३०३ नम्बरको मोटरसाइकल एक आपसमा ठो’क्किएको हो ।सो दु’र्घटनामा परि मोटरसाईकलको पछाडि बसेका सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्दार बर्ष ३५ का गोरख ऐरको उपचारको क्रममा नि’धन भएको छ ।

मोटरसाइकल चालक घोडाघोडी १० का भरत बोहरा पनि घा’ईते भएका छन । एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका १० का ५४ बर्षका आशाराम चौधरीलाई सुखड्ले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरि शरण भट्ट जानकारी दिए ।

Related Articles

Back to top button
Close