vada
News

जेलमा रहेका शिक्षकलाई तलब दिएको खुलासा

बैतडी । कर्तव्य ज्या,न मु,द्दा लागेर जेलमा रहेका शिक्षकलाई तलब दिँदै आएको खुलेको छ । कर्तव्य ज्या,न मु,द्दामा दो,षी ठह,र भएका जिल्लाको दोगडाकेदारस्थित जशलिंग प्राविका तत्कालीन शिक्षक महानन्द कपाडीलाई नियम विपरीत तलब खुवाएको अख्तियारले जनाएको छ । अख्तियारले गरेको छानबिनमा कपाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरि नाथको सहमतिमा ८१ हजार ९ सय तलब खुवाएको पाइएको हो ।

सरकारी रकमको दुरुपयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपाडी, स्रोतव्यक्ति हरि नाथ र विद्यालयका तत्कालिन शिक्षक कपाडीबाट सो रकम असुलउपर गर्न विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, कर्तव्य ज्या,न मु,द्दामै दोषी ठहर भएका जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारीलाई पनि कारवाही गर्नुको साटो तलब भत्ता दिएको आयोगको अनुसन्धानबाट खुलेको छ । आयोगले प्रकाशित गरेको विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा प्रधानाध्यापक भण्डारीले ८३ हजार १ सय रुपैयाँ लिएको खुलेको हाे । सरकारी रकमको दुरुपयोग गरेकाले अख्तियारले सो रकम असुलउपर गरी पाउन भन्दै सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । भ्रष्टा,चार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेकोले तत्कालीन प्रधानाध्यापक भण्डारी र अध्यक्ष भण्डारीबाट बिगो असुलउपर गर्न अख्तियारले माग गरेको छ ।

दोगडाकेदार गाउँपालिकाको वडानम्बर ३ श्रीकोट घर भएका शिक्षक कपाडी र दोगडाकेदार वडानम्बर ४ का शिक्षक भण्डारी कर्तव्य ज्या,न मु,द्दामा २०७४ असार १५ मा जेल परेका थिए । दुई वर्ष कै.द स.जाय र ८२ हजार जरि,वानासहित जेल परेका दुवै जना २०७५ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा जेल मुक्त भएका थिए । उनीहरु ६४ प्रतिशत कैद भुक्तान गरेपछि २०७५ सालमा गणतन्त्र दिवसको अवसरमा छुटेका थिए । दुवैजनालाई दोगडाकेदार गाउँपालिकाको वडानम्बर ३ श्रीकोटकै अर्जुनसिंह विष्टको ह,त्या गरेको आ,रोप लागेको थियो ।

Related Articles

Back to top button