vada
News

आज एकैदिन एक हजार सात सय बढि कोरोना संक्रमित निको भएर फर्के

काठमाडौ । आज एकैदिन एक हजार सात सय बढि कोरोना संक्रमित निको भएर घर फर्केका छन । सोमबार अहिलेसम्मका सबैभन्दा बढि संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार एक ४४ सक्रमित थपिएका छन ।

पछिल्ला केहि दिन यता दैनिकजसो कोरोना संक्रमितको तुलनामा निको भएर फर्केनेको सङख्या बढि देखिएको छ । यसरी दैनिक निको हुनेको सङख्या संक्रमितको तुलनामा बढि देखिएपछि धेरैलाई नेपालबाट कोरोनाको त्रास बिस्तारै कमि हुने आशा पलाएपनि बिज्ञहरुले भने सरकारले परिक्षणको दायरा घटाएर संक्रमितको सङख्या कम देखाउन खोजेको आरोप लगाएका छन

नेपालमा कोरोना संक्रमितहरुको संख्या १६ हजार ९४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा निको भएर घर फर्कनेहरुको संख्या १० हजार २९४ पुगेको छ । जानकारी अनुसार नेपालमा अहिलेसम्म ३८ जनाको मृत्यु भैसकेको छ । पछिल्ला दिनहरुमा नेपालमा संक्रमितहरुको संक्रमण दर एकदम कम भएको छ । नेपालले आजसम्म २ लाख ८९ हजार ३७१ जनाको कोरोना परीक्षण गरेको छ । मन्त्रालयका अनुसार ६ हजार ६१३ जना आइसोलेसनमा रहेका छन् भने २३ हजार ४७० जना क्वारेन्टाइनमा छन्

Related Articles

Back to top button