श्रीमतीलाई ‘देहत्याग’ गर्न बाध्य बनाएको आरोपमा श्रीमान कारागार चलान
श्रीमतीलाइ आ त्मह त्या गर्न दु रुत्सहान गरेको आ’रोपमा पक्राउ परेका पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय प्रताप कुँवरलाई जिल्ला अदालत पर्वतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
२० वर्षीया आशा कुँवर असार ५ गते गोठमा झु ण्डिएको अवस्थामा मृत फेला परेकी थिएन । त्यसपछि युवतीका माइती पक्षले छोरीलाई झु ण्डीएर म र्न बा ध्य बनाएको भन्दै ज्वाई प्रताप कुँवर, ससुरा टेकबहादुर कुँवर र सासु दुर्गादेवी कुँवर विरुद्ध असार १० गते जिल्ला प्रहरी कार्यालय पर्वतमा आत्मह त्या दु रुत्साहनको मुद्धा दर्ता गराएका थिए ।
जिल्ला अदालत पर्वतका जिल्ला न्यायधिश सुर्यबहादुर खड्काको इजलाशले मृतकका श्रीमानलाई थुनामा राख्न आदेश दिएका हुन् भने सासु र ससुरा जनही २ लाख रुपैया धरौटीमा छुटेको जिल्ला अदालत पर्वतका सूचना अधिकारी रामबहादुर थापा क्षत्रीले जानकारी दिए ।
मृतक युवतीको माइतीका अुनुसार विवाह पश्चात् नै घर पक्षबाट दाइजो थोरै दिएको, बच्चा जन्माउन नसकेको जस्ता आरोप लगाएर मा नसिक या तना दिँदै आएका कारण नै छोरी म र्न बा ध्य भएको आरोप लगाएका छन् । मृतकका श्रीमान नेपाली सेनामा जागिरे रहेका छन् । ।
यो पनि – पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गर्ने तयारी
असार / सरकारले दर्शनका लागि पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी गरेको छ । यसका लागी पशुपति क्षेत्र विकास कोषको समीक्षा बैठक बसेको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपतिनाथको दर्शन खुला गर्ने तयारी थाल्न निर्देशन दिइसकेका छन् ।
पशुपति क्षेत्रलाई खोल्नका लागि आइतबार पशुपति क्षेत्र विकास कोषको समीक्षा बैठक बसेको छ । सरकारले देशभर लगाइएको लकडाउन खुकुलो गरेपछि मन्दिर खुला गर्ने तयारी थाल्न सुरु गरेको हो ।
त्रास हट्दै गएकाले पशुपतिनाथको दर्शन खुला गर्ने तयारी थाल्न पशुपति क्षेत्र विकास कोषको समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले यस्तो निर्देशन दिएका हुन् ।श्चित समयसम्मका लागि स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्ने तयारी गर्न निर्देशन दिएका हुन् ।