vada
News

म्याग्दीका पहिरो पीडितलाई समाजसेवी ईशा गुरुङको सहयोग !

सोम शर्मा म्याग्दी २०७७ असार २८ । म्याग्दीका पहिरो पीडितलाइ बरिष्ठ समाजसेवी ईशा गुरुङ लगायतको पहलमा राहत बितरण गरिएको छ । म्याग्दीका पहिरो पीडितसंग जानको लागि बाटो नभएकोले त्यहा जान सम्भव नभएपछी उनिहरुसम्म पुर्याउनको लागि पोखरामा रहेका त्यहांका जनप्रतिनिधि मार्फत रु ३०००० हस्तान्तरण गरिएको थियो भने ४ जना पीडित जो हाल पोखराको मणिपाल अस्पतालमा उपचाररत छन उनिहरुलाइ समेत जनही ५( ५००० का दरले अस्पतलामै गएर शिव शेर्पाले सहयोग हस्तान्तरण गरेका थिए।

राहत पाउनेमा म्याग्दी जिल्लाका धवलागिरी गाउंपालिकाका एक ६ का १५ जना, सोही गाउँपालिका वडा नं ७ का २ जना र बिम गाउंपालिका ७ का १ जना रहेका छन। राहत रकम संकलन इशा गुरुङको पहलमा अनिता अछाम्बो लिम्बू,मिना घलेले प्रकाश शेरचन अनमोल क्षत्रीद्वारा समेत संकलन गरिएको थियो।

अहिले जतासुकै बाढी र पहिरोको जोखिम बढेपछी धेरै ब्यक्तिको हताहत भएको अबस्थामा आफू चुप बस्न नसकेकोले म्याग्दीमा समेत पीडितलाइ सहयोग गरिएको इशा गुरुङले बताइन। यो संगै उनको बाढीपीडितलाइ यो बर्ष उनको चौंथो सहयोग हो । यस अघि उनले पर्वत, बझाङ र सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाइ आर्थिक सहयोग गरेकी थिइन। समाजमा विभिन्न समस्यामा रहेका धेरै ब्यक्तिलाइ गुरुङले अहिलेसम्म गरि करिब ६ करोड सहयोग गरेको गुरुङले बताइन।

Related Articles

Back to top button