Video

मध्यरातमा ५ बर्षको बच्चाले रु’दै फोन गरेर अँकल ५ दिनदेखि पानीमा चिउरा भिजाएर खाँदैछौं भनेपछि… (भिडियो हेर्नुस्)

काठमाडौं । लामो समयदेखिको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खानेहरुको विजोग भएको छ । सरकारले दिएको राहत उनीहरु समक्ष पुगेको छैन । कतिपय पैदल हिडेर सयौं किलोमिटरको दुरी पार गरेर घर गए । तर घरवास नभएकाहरु भने कहाँ जाने ? काठमाडौं शहरको एउटा कोठाको कुनामा आफ्ना पी डा सहेर भोकै बस्न बाध्य छन् । यहाँ त्यस्तै परिवारको निकै दर्दनाक अवस्थाको चित्रण गरिएको छ ।

सानो ५ वर्षको छोरा लिएर बसेकी महिला ५ दिन देखि चिउरा भिजाएर छोराको भोक टार्दै आएकी थिइन् । काठमाडौंको वनस्थली छेउको चौमतीवाट एक पाँच वर्षका बालकले मध्यरातमा शिसिर भण्डारीलाई रुँ दै फोन गरे । उनले फोनमा भने हामी आमाछोराले ५ दिन देखि चिउरामा पानी हालेर खाइरहेका छौं । हामीलाई सहयोग गर्नु न । उनले त्यसो भनेपछि युट्युवर भण्डारी राहत लिएर राति नै उनी भएको ठाउँमा पुगेको बताउँछन् । रेजिना गुरुगं काठमाडौंको वनस्थलीमा ५ वर्षको छोरा लिएर भाडामा बस्छिन् । सानो छोरालाई दिनहुँ चिउरा भिजाएर खुवाउँदा कति दिन एउटै कुरा खाने आमा भनेर प्रश्न गर्दा रेजिनाको आँखा रसायो ।

उनको कोठामा ग्यास, चालम, तेल केही छैन । कोठामा भएको चामल सकिन लागेपछि केही दिन जाउलो खाएर विताएका थिए । उनले ८ दिन देखि नै चिउरा खाएर बताइन् । होस्टलमा ३ घण्टा काम गर्थिन । त्यो काम गरेवापत होस्टलले ५ हजार रुपैया दिन्थ्यो । छोरालाई पढाउने, दुई जनाको पेट पाल्ने गर्दै आएकी थिइन् ।
चितवन स्थायी घर भएका रेजिनाको अंकित नाम गरेका ५ वर्षका छोरा छन् । उनले धेरै दिन देखि चिउरा खाएको बताए ।

७ वर्ष देखि काठमाडौंमा बस्दै आएको बताएकी रेजिनाको श्रीमान अर्कै महिला लिएर गए । अंकित जन्मिएको ३ महिना पछि उनका श्रीमान अर्को महिला लिएर गएका हुन् । अहिले कहाँ छन् उनलाई केही थाहा छैन । फोनमा सम्पर्क भएर चिनजान भएपछि उनले विवाह गरेकी थिइन् । ५ वर्षका अंकितलाई मिठो खान मन छ । उनको साथीको घरमा मिठो खानेकुरा पाकेको थाहा पाउँछन् । तर आफ्नो कोठामा केही नहुँदा उनी निरास हुन्छन् । छोराको यस्तो अवस्था देखेर उनको आमा रेजिना निकै भावुक हुन्छिन् तर छोरालाई खान दिन सक्ने उनको क्षमता छैन ।

Related Articles

Back to top button
Close