News

मौसम अबका दुई दिन पनि उस्तै रहने

काठमाडौं, २३ बैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कम्तिमा अबका दुई दिन देशभरको मौसम सुधार नहुने भएको छ ।

महाशाखाका अनुसार बिहीबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । महाशाखाका अनुसार अहिले मुलुकका पश्चिमी क्षेत्रमा बदली भइ वर्षा भइरहेको छ ।

आज दिउँसो मुलुकका अधिकांश स्थानमा वदली भइ पश्चिमका अधिकांश क्षेत्र तथा मध्य र पूर्वका केही स्थानहरुमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले वर्षा जारी रहने महाशाखाको अनुमान छ ।

Related Articles

Back to top button
Close