आज अमेरिकी डलर सहित केही देशको मूल्य बढ्यो, अन्य देशको यस्तो छ
काठमाडौँ । आज असार २८ अमेरिकी डलर, युएइ दिराम तथा मलेसियन रिँगिटको विनिमयदर बढेको छ तर अन्य देशको भाउ भने घटेको छ। नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३ पैसा तथा बिक्रिदर १२० रुपैयाँ ६३ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ३७ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ १३ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ५४ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ २१ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ १३ रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २७ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१८ रुपैयाँ २९ पैसा तथा बिक्रिदर ३१९ रुपैयाँ ८८ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३८९ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर ३९१ रुपैयाँ ७८ पैसा रहेको छ ।