vada
Video

प्रेमीबारे चलेको हल्ला बारे मुख खोलिन पूर्णिकाले :लाईभ भिडियो सहित

काठमाडौं । पूर्वयुवराज पारस शाह र हिमानीकी छोरी पूर्णिका शाह केही समयदेखि सामाजिक सञ्जालमा सक्रिय भइरहने गर्छिन् । उनले सामाजिक सञ्जालमा साहित्यिक रचना, विचार र दर्शन जस्ता कुरा लेख्न मन पराउँछिन् । यसैबीच हालै पूर्णिकाले आफ्नो प्रेमी भएको भन्ने हल्ला सही नभएको बताएकी छिन् । उनले समाजिक सञ्जालमा एक टिकटक भिडियामार्फत यस्तो बताएकी हुन् ।

उनले भनेकी छिन् – ‘मेरो बारेमा केही कुरा छपिएको भन्ने सुने, त्यो कुरामा कुनै सत्यता छैन,सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्दछु ।’ केही समयअघि सामाजिक सञ्जालमा उनको आफूभन्दा दश वर्ष जेठो प्रेमी भएको खबरहरु आएको थियो ।

यो पनि समाचार पढ्नुहोस

२७ असार, काठमाडौं । नेपालमा सलहको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना बढेको छ । भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु छन् । यी झुण्ड करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको प्लान्ट क्वरिन्टाइन तथा वि षादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना केन्द्रले जनाएको छ ।

हावाको बहावसँगै सलहको झुण्ड पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्रमा आउने सम्भावना छ । त्यसो भएमा नेपालको धनुषा, महोत्तरी, सर्लाही क्षेत्रबाट नेपालतर्फ समेत प्रवेश गर्न सक्ने प्रक्षेपण गरिएको केन्द्रले जनाएको छ ।

राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका झूण्डहरु पनि दक्षिण पश्चिमतर्फ बहेको वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्र हुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुरतर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान रहेको केन्द्रले बताएको छ ।

Related Articles

Back to top button