vada
News

शनिबार ७० कोरोना संक्रमित थपिए, काठमाडौंमा ३, पिसिआर परीक्षण घट्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ६४८ जनामा पिसीआर परीक्षणमा ७० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

आज काठमाडौंमा ३ जना संक्रमित थपिएका छन् ।मन्त्रालयका अनुसार सोमबार देशभर २४ हजार ९७ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ८ हजार ४४२ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।आज ४ सय ४२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ८ हजार ४४२ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

Related Articles

Back to top button