News
बैदेशिक रोजगारीमा रहेका इटहरीका कटुवालको कोरोना संक्रमणबाट मृत्यु
इटहरी / कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट इटहरीका लिलामान (काजी) कटुवालको मृत्यु भएको छ । एक बर्ष अगाडी बैदेशिक रोजगारको लागि साउदी गएका इटहरी ५ का ५१ बर्षीय कटुवालको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनको ४ दिन अघि साउदीमा मृत्यु भएकाे बताइएकाे छ । काेराेना संक्रमणबाट मुत्यु भएका उनकाे शव नेपाल नआउने भए पछि हिन्दु परम्परा अनुसार काजकिरिया समेत सुरु भए परिवारले बताएका छन् । उनका २ छोरी र एक छोरा छन् । उनका छोराले परम्परा अनुसार काजकिरिया गर्ने छन् । मृतकका परिवारले स्थानीय,प्रदेश र संघिय सरकार सँग सहयोगको माग गरेका छन ।