सुशान्तका फ्यानहरूलाई आयो खुसीको खबर
सुशान्त सिंह राजपुतको अन्तिम फिल्म `दिल बेचारा´ प्रदर्शनको तयारीमा छ। फिल्मको ट्रेलरलाई फ्यानहरूले अत्याधिक माया दिएर चर्चाको शिखरमा पुर्याएका छन् । ट्रेलरले रिलिजको २४ घण्टा नबित्दै थुप्रै विश्व रेकर्ड तोडेको थियो।
हलिउडका फिल्मी ट्रेलरलाई पछाडि पार्दै अत्याधिक भ्युज, लाइक, कमेण्ट पाउने ट्रेलरको कृतिमान आफ्नो नाममा पार्न सफल भयो `दिल बेचारा´को ट्रेलरले। यो सबै फ्यानहरूले सुशान्तलाई दिएको माया हो।
सुशान्तका फ्यानहरूका लागि खुसीको खबर आएको छ। २४ जुलाईका दिन सुशान्तको अन्तिम फिल्म `दिल बेचारा´ डिज्नी प्लस हटस्टारमा प्रदर्शन हुने भएको छ। खुसीको कुरा त के छ भने यो फिल्म उनका फ्यानहरूले बिना सब्स्क्रीप्सन हेर्न पाउने भएका छन् । अर्थात बिना कुनै शुल्क सित्तैमा यो फिल्म हेर्न पाइने छ।
यो खबरले सुशान्तका फ्यानहरूमा निकै उत्साह थपिएको छ। साथै सुशान्तको अत्याधिक रुचाइएको टेलि शृङ्खला `पवित्र रिस्ता´ पुनः सञ्चालन हुने भएको छ। सुशान्तलाई उनका फ्यानहरूले धेरै मिस गरिरहेको र सो धारावाहिक पुनः सञ्चालन गर्न माग गरेकाले यसो गर्न लागिएको जानकारी पवित्र रिस्ताकी निर्मात्री एकता कपुरले बताएकी छन् ।
जी अनमोल नामक च्यानलमा पवित्र रिस्ताका पुराना सम्पूर्ण भागहरू हेर्न सकिने छ। साथै युट्युबमा जी अनमोल नामको च्यानलमा पनि देख्न सकिने छ। युट्युबमा यसको प्रोमो रिलिज भैसकेको छ।