vada
Video

बदमासमा दिपेन्द्रसंग सोनीका रोकायाको रोमान्स (भिडियो सहित)

प्रायः सबै विधाका गीत गाइसकेका युवा गायक चिरञ्जीवी भण्डारी आफ्नो बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘बदमास’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो बिहिबार साझ सार्वजनिक गरिएको छ । उक्त गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन्

गीतमा शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् भने पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् । गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानलबाट सार्बजनिक गरीएको छ । हेर्नुस भिडियो यस्तो बनेको छ ।

सार्बजनिक गीतको भिडियोमा बेला बेला विवाद र चर्चामा आईरहने मोडल तथा युट्युबर सोनिका रोकाया संगै दिपेन्द्र सोनामले अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोमालाई विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियो सार्बजनीक पश्चात सकारात्मक कमेन्टहरु प्राप्त भैरहेको छ ।

Related Articles

Back to top button