vada
News

काठमाडौंमा लकडाउन खुकुलो नहुने

काठमाडौं । कोरोना रोकथामका लागि गठित उच्चस्तरीय समिति बैठकले काठमाडौँमा लकडाउन खुकुलो नगर्न सिफारिस गरेको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले लकडाउनको मोडालिटीबारे छलफल गरेको थियो।

अवस्था हेरेर अन्य ठाँउको लकडाउनलाई खुकुलो पार्नेबारे छलफल भएपनि काठमाडौं उपत्यकामा तत्काल खुकुलो नपार्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो। बैठकले पहाडी तथा हिमाली जिल्लाहरुमा लकडाउन खुकुलो पार्ने सुझाव दिइएको छ। अवस्था हेरेर ती जिल्लामा आन्तरिक आवागमन सुचारु गर्न पनि समितिले प्रस्ताव गरेको हो।

अब मंगलबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने छ। समितिले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको खाका तयार गर्न निर्देशन गरेको छ। सरकारले पछिल्लो समय बढाएको लकडाउनको समयावधी बैसाख २५ गते सकिँदे छ। भोलिको बैठकले लकडाउन थप्नेबारे पनि निर्णय गर्ने छ।

Related Articles

Back to top button
Close