vada
News

भारतीय मिडिया विरुद्ध गर्जिए कमल थापा , ‘हाम्रा प्रधानमन्त्रीका बारेमा जे पायो त्यही बोल्न बन्द गर’

काठमाडौं २५ असार । भारतीय मिडियाको आपत्तिजनक टिप्पणी प्रति नेकपा कै नेताहरु चुप लागिरहेका बेला पूर्व उपप्रधनमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बिरोध गरेका छन् ।

उनले एक ट्वीट लेख्दै भनेका छन् ुउनका बिदेश नीति लगायत थुप्रै बिषयमा प्रधनमन्त्री केपी शर्मा ओलीसँग हाम्रा गम्भीर मतभिन्नता रहेका छन् । तर यसो भन्दैमा प्रधानमन्त्री ओलीको निरन्तर अपमान गर्ने र हिलो छ्याप्ने भारतीय मिडियाको काम कदापि स्वीकार्य छैन । यसले नेपाल भारत सम्बन्धलाई कुनै राम्रो गर्दैन ।ु

यस अघि पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले भारतीय मिडियालाई एक विवादास्पद अन्तरवार्ता दिएका थिए । टिभी नाइन भारतवर्षको एक भिडियो सम्बादमा बोल्दै यादवले चीनले महिला राजदूत पठाएर ओलीलाई फसाँएको कुरा नकार्न नसकिने बताएका थिए । रिपोर्टर अभिशेक उपाध्यायसँग कुरा गर्दै पूर्व उपप्रधानमन्त्री यादवले चिनले मिचेको जमिनका बारेमा पनि छानवीन हुनुपर्ने बताए पनि पछि उनले आफ्नो कुरा भारतीय मिडियाले तोडमोड गरेको दावी गरेका छन् ।

उक्त सम्बादमा ओली चिनियाँ राजदुतको माया मोहमा परेको भन्दै नेकपा भित्रै छानबिनको माग उठेको चर्चा गरिएको थियो । सम्बादमा हनी ट्रयापको मामिला भएकाले यसको जाँच हुनुपर्ने उपेन्द्र यादवको माग थियो ।

अन्य भारतीय मिडियाले समेत नेपाल माथि अति नै अशोभनीय टिप्पणी गरिरहेका छन् । हालै धेरै न्यूज च्यानलहरुले ओली र चिनियाँ राजदूतबारेका अति नै अराजक तरिकाले समाचार बनाएको देख्न पाइन्छ ।

अन्य भारतीय मिडियाले समेत नेपाल माथि अति नै अशोभनीय टिप्पणी गरिरहेका छन् । हालै धेरै न्यूज च्यानलहरुले ओली र चिनियाँ राजदूतबारेका अति नै अराजक तरिकाले समाचार बनाएको देख्न पाइन्छ ।

भारतीय जी टिभीले त पत्रकारिताको मर्म विपरित गएर चिनियाँ राजदूत र प्रधानमन्त्री ओलीबारे समाचार बनाएको छ । नेपालको सरकारले आफ्नो अतिक्रमित भूमिलाई समावेश गर्दै नयाँ नक्शा प्रकाशित गरेयता भारतीय टीभी च्यानलहरुले अनेक भ्रामक समाचारहरु प्रशारण गर्दै आएका छन् र यो क्रम जारी छ ।

भारतको ख्यातिप्राप्त अखबार टाइम्स अफ इन्डियाले समेत प्रधानमन्त्री ओलीको फोटोलाई गोरुको टाउकोमा जोडेर दुरुपयोग गरेको थियो । उक्त प्रकाशन बिरुद्ध हाम्रा प्रधनमन्त्रीलाई हिलो छ्याप्ने काम बन्द गर भन्दै भारतीय मिडिया बिरुद्ध कमल थापाले ट्वीट गरेका हुन् ।

अहिलेसम्म नेपालले कुनै पनि स्तरबाट ती समाचारहरुको खण्डन गर्ने वा ती च्यानलहरुमाथि एक्सन लिने काम गरेको छैन । नेपालमा कुनै किसिमको कारवाही नहुने भएपछि भारतीय च्यानलहरुको मनपरी बढेको छ ।

नेकपाभित्रको विवाद र प्रधानमन्त्री ओलीको राजीनामा मागिएको विषयलाई भारतीय च्यानलहरुलाई पनि अतिरञ्जित तरिकाले प्रस्तुत गरिरहेका छन् । उनीहरुले नयाँ नक्सा प्रकाशित गरेकै कारण सरकारको राजीनामा मागिएको झुटो दाबी गरेका छन् ।

Related Articles

Back to top button