vada
News

बुधबार महालक्ष्मीमा देखिएको कोरोना संक्रमित स्वास्थ्यकर्मी भएको खुलासा !

ललितपुर । बुधबार स्वास्थ्य मन्त्रालयले महालक्ष्मी नगरपालिका दुई जनाका कोरोना भाइसर (कोभिड–१९) पोजिटिभ देखिएको पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महालक्ष्मी नगरपालिकाका एक महिला र एक पुरुषमा कोरोना पोजिटिभ पुष्टि गरेका हुन् ।

आज देखिएका संक्रमितहरुमा महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुका ३६ पुरुष र अर्का संक्रमित लुभुकै ५५ वर्षिय महिला भएको खुल्न आएको छ ।

संक्रमित ३६ वर्षिय पुरुष डाक्टर रहेको स्वास्थ्य कार्यालय स्रोतले दैनिकीन्युजलाई बतायो ।

संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Related Articles

Back to top button