vada
Video

आफुलाई ट्रोल बनाएर महानायक भन्दा दिपक राज गिरिले साच्चै सम्झेर यसो भने (भिडियो हेर्नुहोस)

महानायक राजेश हमालकाे विषयमा बाेल्दा विवादित बनेकी कलाकार तथा निर्देशक दीपाश्री निराैलाकाे पक्षमा बाेल्दा विवादमा तानिएपछि हाँस्य कलाकार दीपकराज गिरीले आफ्नो लक्ष्य कहिलेपनि महानायकतिर नमाेडिएकाे बताएका छन् ।दिपाकाे पक्षमा बाेल्दा महानायक हमालका फ्यानहरूले उनीमा घमण्ड बढेकाे भन्दै कलाकार गिरीलाई आफैँ महानायक बन्न खोजेको आरोप लगाएका थिए । ‘दीपाश्रीकाे लागि त महानायक दिपकराज गिरि पो हो त’ भन्नेसम्मका टिप्पणी भइरहेकाे अवस्थामा उनले आफ्नो लक्ष्य कहिलेपनि महानायकतिर नमाेडिएकाे बताएका हुन् ।

दिपकराजले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जबदेखि कलाकार भएँ, हरिदाई, मदन दाई र सन्तोष पन्त दाई जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थेँ । मेरो बाटो, मेरो लक्ष्य कहिले पनि महानायकको घर तिर मोडिएन । मेरो गल्ती बिनै मलाई जबरजस्ती महानायक बनाउनेहरूलाई धन्यवाद । जब असत्य चिच्याई चिच्याई बोलेर भिड जम्मा गरिरहेको हुन्छ, सत्यले चूपचाप आफ्नो बाटो हिँड्नु राम्रो ।’

Related Articles

Back to top button