vada
Video

सुशान्तले यस्तो लेखेका रहेछन् डायरीमा, देखेर सम्हालिन सकिनन् अंकिता (भिडियो)

बलिउड अभिनेता सुशान्त सिंह राजपुतलेले आखिर किन देहत्याग गरे भन्ने अझै स्पष्ट हुन सकेको छैन। उनको आत्मह’त्यालाई लिएर बलिउडमा अनेक थरिका प्रश्नहरू उठिरहेका छन्।

यसैबीच पुलिसले सुशान्तको डायरी फेला पारेको थियो। पछिल्लो समय सुशान्तले डायरीमा के लेखेका थिए भन्ने कुरा सबैको चासोको विषय बनेको छ। सुशान्तलाई पढ्न र लेख्न निकै मन पर्थ्यो। उनले आफ्ना खुसी र दुखका पलहरू डायरीमा लेखेर राख्थे।

उनले डायरीमा आफ्नी पूर्व प्रेमिका अंकिताको बारेमा धेरै लेखेका रहेछ। सो पढेर अंकिता निकै भा’वुक बनेकी छन्। सुशान्त गएदेखि अंकिता शो’कमा डुबेकी थिइन्। यस्तोमा सुशान्तले डायरीमा आफ्ना लागि लेखेका शब्दहरू पढेर अंकिताले आफूलाई स’म्हाल्न सकेकी छैनन् ।

डायरीमा सुशान्तले अंकिता आफ्नो निकै मिल्ने साथी अनि प्रेमिका भएको लेखेका छन्। अंकिता यस्ती साथी जसले सुशान्तको संघर्षलाई नजिकैबाट देखेकी छन्। जस्तोसुकै परिस्थितिमा पनि आफूलाई साथ दिने एक मात्र साथी अंकिता रहेको उनले डायरीमा लेखेका छन्।

अंकिताजस्तो साथी आफूले कहिल्यै नपाउने र आज पनि अंकितालाई धेरै मिस गर्ने कुरा सुशान्तले डायरीमा उल्लेख गरेका छन् । आफूहरू पवित्र रिस्तामा भेटिएको र आफूहरूको सम्बन्ध निकै पवित्र रहेको कुरा पनि सुशान्तले लेखेका छन् ।

Related Articles

Back to top button