vada
News

३५ वर्ष संगै बसेका श्रीमान इरफानको निधन भएको पिडामा, श्रीमतीले जे गरिन सबैलाई फेरी रुवायो

एजेन्सी – आमाको निधन भएको चार दिन नबित्दै बलिउड अभिनेता इरफान खानको निधन पछि उनकी पत्नि सुतापाले हालै एक भावुक अभिव्यक्ति दिएकी छिन् । उनले भनेकी छिन् । उहाँले हामिलाई छाडेर गएपनि सधै मेरो आत्ममा बस्नु हुनेछ म उहाँलाई धेरै सम्मन गर्ने छु । जुन उहाँले मलाई सिकाएको संस्कार म कैलै पनि भुल्ने छैन् । अभिनेता इरफान खानको निधने बलिउड निकै शोकको घडिमा पुगेको छ ।

उनिहरुले विवाह गरेको ३५ वर्ष भईसकेको छ । उनले भावुकका साथ भनेकी छिन् । सुतापाले इरफानसँगको फोटो राख्दै पोस्टमा लेखेकी छन्,ुुमैले गुमाइन्, हरेक तरिकाले हासिल गरेकी छु यो यात्रा शानदार, रोमान्चक र दर्दनाक थियो । मलाई हिंड्न सिकाउँदै भन्नु हुन्थ्यो त्यहाँबाट हैन यहाँबाट हिँड भनेर, बुधबार खानको अल्पायुमै निधन भएको थियो ।

अभिनेता इरफानको अन्तत निधन भएको छ । यद्यपि उनको निजी जीवनसँग जोडिएका केही यस्ता कुरा छन् जो प्रेरणादायी हुनसक्छ । उनी एक असल अभिभवकको रुपमा आफुलाई पेश गर्न चाहन्थे । श्रीमतीसँगको निम्ति आड–भरोसा बन्न चाहन्थे, छोराछोरीका लागि प्रेरणाको स्रोत ।

इरफान आफ्ना श्रीमती र छोराछोरीलाई एकदमै प्रेम गर्थे । आफ्ना सन्तानका लागि उनी जे पनि गर्न तयार थिए । त्यसैले उनी रोगसँग पैठेजोरी खेलिरहेका थिए, ताकि मृ/त्युलाई पर धकेल्न सकियोस् । वा मृ/त्युलाई पराजित गर्न सकियोस् ।

इरफान खान र सुतापा सिकन्दरको भेट दिल्लीको नेशनल स्कुल अफ ड्राम (एनएसडी)मा भएको थियो । इरफान अभिनेता बन्न चाहन्थे । उता सुतापा स्क्रिनप्ले र स्टोरी राइटरको रुपमा आफ्नो चिनारी बनाउन खोजिरहेकी थिइन् । उनीहरुको प्रेम त्यती बलियो थियो कि, कुनै असुरक्षित नहुने गरी दुबैले एकअर्काको सपना पुरा गर्न सहयोग गरे । इरफान सधै सहयोगी भूमिकामा रहे । विवाह अघि र विवाह पछि पनि उनले सुतापाको करियरका लागि उसैगरी सहयोग गरिरहे । उनलाई लाग्थ्यो कि, आफ्नो सपनाले जति महत्व राख्छ, सुतापाको सपनाले पनि उत्तिनै ।

उनीहरुले पारिवारिक जीवनमा त हातेमालो गरे । साथसाथै करियरमा पनि एकअर्काको भर बने ।

इरफानले चाहने नै हो भने उनीहरुको विवाह भव्य ढंगले सम्पन्न गर्न सक्थे । यद्यपि उनीहरुले सामान्य बाटो रोजे । दुबैले अदालती विवाह गरे । उनलाई तामझाम होइन, आफ्ना जीवनसंगीका निम्ति जीवनभर सुमधुर साथ जरुरी थियो । उनीहरु बस्, जीवनसाथी बन्न चाहन्थे ।

उनीहरु पारिवारिक एवं व्यवसायिक जीवनका सहयात्री थिए । श्रीमान र श्रीमतीको रुपमा मात्र होइन, साथीको रुपमा पनि उनीहरु व्यवहार गर्थे । एउटाले अर्कोलाई सहयोग गर्ने, सुझाव दिने । दुःखसुख साझेदार गर्ने । त्यसैले त त्यती व्यस्त दैनिकीमा पनि सुतापालाई इरफानले एक्लो महसुष हुन दिएन ।

इरफनकी श्रीमती उनका लागि कुनै प्रसंशक जस्तै थिइन् । साथसाथै सबैभन्दा ठूलो आलोचक पनि । फिल्मको स्क्रिप्ट, कथा, अभिनय सबै कुरामा सुतापाले खुलेर आफ्नो राय व्यक्त गर्थिन्

सुतापाले एक अन्तर्वार्तामा बताएकी थिइन्, इरफान आफ्ना दुई छोरालाई औधी माया गर्छन् । इरफानले त आफ्ना छोराहरुको अनुहार हेरेर पनि अनुमान गर्न सक्थे कि उनीहरुको मनमा के खेलिरहेको छ भन्ने कुरा । मुड स्विङदेखि लिएर दिल र दिमागको कुरा उनी अनुमान लगाउन सक्थे । बच्चासँग खेल्नु मात्र उनीहरुसँग नजिक हुनु होइन, उनीहरुको भावनालाई नजिकबाट अनुभूत गर्नु पनि हो । उनीहरुका जीवनका केहि रमाइला तस्विर तल हेर्नुहोस

Related Articles

Back to top button