vada
Video

छोरी जन्मेपछि प्रमोद खरेलले भोगेको बरर आशु झार्ने पिडा – २१ दिनमा बल्ल छोरीको न्वारन

काठमाडौं । गायक प्रमोद खरेल दोस्रो सन्तानको बाबु बनेको आज २१ दिन पुग्यो । *तर लक्ष्मीका रुपमा घर भित्रिएकी छोरीलाई उनले अहिलेसम्म स्पर्श गर्न पाएका छैनन् ।

गत २९ जेठमा श्रीमती दीपाबाट दोस्रो सन्तानप्राप्ति भएयता प्रमोदले कल्पनै नगरेको पीडा र त्रासदी व्यहोर्नुपर्‍यो। यी दिनहरूमा उनले आफ्नो आँखाबाट जति आँसु बगाए, त्योभन्दा धेरै आँखाभित्र लुकाए । मनको बेचैनी र अनिँदो रातको के कुरा गर्नु ।

जन्मिएलगत्तै ६ दिनसम्म नवजात# छोरीलाई भेन्टिलेटरको मद्दतले सास फेरिरहेको हेर्नुपर्दा बाबुको मनमा के गुज्रिन्छ ? भर्खर सन्तान जन्माएकी श्रीमती एकाएक मृत्युको मुखमा पुगेको अनुभूति गर्दा श्रीमान‍्को अवस्था के हुन्छ ? प्रमोदले एकैपटक दुस्वप्नजस्ता दुई पीडादायी अवस्थाहरूको #सामना गरे ।

जेठो छोरा जन्मिएको ८ वर्षपछि प्रमोद र दीपा दोस्रो सन्तानको पर्खाइमा थिए । गर्भवती अवस्थामा दीपा नियमित डाक्टरको परामर्शमा थिइन् । उनलाई अल्का अस्पतालकी डा. नूतन शर्माले #हेरिरहेकी थिइन् । अन्तिम समयसम्म पनि सबै कुरा सामान्य देखिएको थियो ।

हेर्नुहोस –

Related Articles

Back to top button