vada
News

दिपकराज गिरीले भने,‘ मलाई जबरजस्ती महानायक बनाउनेहरूलाई धन्यवाद !

यतिबेला सामाजिक सञ्जालमा महानायकको विषय चर्चामा रहेको छ ।

नेपाली फिल्ममा महानायक भनेर राजेश हमाललाई सम्बोधन गर्ने गरिएको छ । तर पछिल्लो केही दिन यता साामाजिक सञ्जाल प्रयोगकर्ताहरुले कलाकार दिपाश्री निरौला र दिपकराज गिरीको अलोचना गरिरहेका छन् ।

एक अन्तर्वार्ताका क्रममा अभिनेत्री निरौलाले राजेश हमाललाई पत्रकारले महानायक बनाइदिएको अभिव्यक्ति दिएपछि उनीसहित दिपकराज गिरी पनि सामाजिक सञ्जाल प्रयोगकर्ताको तारो बनेका छन् ।

ट्रोलको शिकार बनेपछि दिपाश्रीले सामाजिक सञ्जालमार्फत नै माफिमागि सकेकी छिन् तर उनको आलोचना भने जारी रहेको छ ।
सामाजिक सञ्जालमा दिपाश्रीमाथि मानिसहरु खनिएपछि कलाकार गिरीले पनि एक स्टाटस लेखेका थिए ।

दिपाश्रीको समर्थनमा स्टाटस लेखेपछि गिरीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले महानायक भन्दै कटाक्ष गरेका थिए ।

महानायक भन्दै विरोध जारी रहेपछि गिरीले पुन अर्को स्टाटस लेखेका छन् ।

उनले आफ्नो बाटो र लक्ष्य कहिले पनि महानायकको घर तिर नमोडिएको जनाएका छन् ।

स्टाटसमा गिरीले लेखेका छन्

जब देखि कलाकार भएं ,
हरिदाइ, मदन दाइ र सन्तोष पन्त दाइ जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थे
मेरो बाटो ,मेरो लक्ष कहिले पनि महानायकको घर तिर मोड़िएन,
मेरो गल्ति बिना नै मलाइ जबरजस्ती महानायक बनाउनेहरू लाइ धन्यवाद।।।।
जब असत्य चिच्याइ चिच्याइ बोलेर भिड जम्मा गरिरहेको हुन्छ
सत्यले चूपचाप आफ्नो बाटो हिड्नु राम्रो ।।। ।।

Related Articles

Back to top button