vada
News

कोरोना जितेर घर फ’र्किएका युवाले गरे आ’त्मह’त्या

पाल्पा – कोरोना जितेर घर फर्किएका पाल्पाका एक युवाले आ’त्मह’त्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आ’त्मह’त्या गरेको वडाध्यक्ष भोजबहादुर बिकले जानकारी दिनुभयो ।

एक महिना अगाडि भारतको मुम्बईबाट घर फर्किएर घर नजिकैको जनहित भगवती माविको क्वरेण्टीनमा बसेको अवस्थामा ती युवामा कोरोना स’ङ्क्रमणको पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमणपछि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा राखिएको थियो । कोरोना निको भएर घर फर्किएकै दिन उनले घरकै दलानमा झु’ण्डिएर आ’त्मह’त्या गरेका हुन् । मृ’तकका बुवा तराईमा बस्दै आउनुभएको छ । आमा बेप’त्ता भएको वर्षौं भैसकेको छ ।

पाल्पामा कोरोना स’ङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ । स’ङ्क्रमितमध्ये ४७ जना उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

Related Articles

Back to top button