vada
Video

दिवंगत नायक सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलर यस्तो बनेर आयो, हेर्नुहोस् भिडियो

एजेन्सी । दिवंगत नायक सुशान्तसिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भए लगत्तै चर्चा चुलीएको छ ।२ मिनट ४५ सेकेन्ड लामो ट्रेलरमा सुशान्त र अभिनेत्री सन्जना सांघी एकछत्र छाएको देख्न सकिन्छ ।

२४ जुलाईमा डिज्ने प्लस हटस्टारमा रिलिज गर्ने तयारी गरिएको फिल्मको मुख्इ कथा क्यान्सरसँग जुधिरहेकी सन्जनाको वरीपरी घुमेको छ ।जन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ र यही नामको हलिउड फिल्ममा आधारित यस चलचित्र सब्सक्राइब गर्ने र नगर्ने सबै खाले दर्शकले निःशुल्क हेर्न पाउने बताइएको छ ।

२९ नोभेम्बरमा रिलिज हुने भनिएको फिल्म कोरोना कहरको चपेटामा परेर रिलिज हुन नसकिरहेका बेला सशुान्तले गत १४ जुनमा अप्रिय कदम चालेपछि अहिले बलिउड गहिरो शोकमा डुबेको छ ।

Related Articles

Back to top button