vada
News

मुख सम्हालेर बोल्न रमेश खरेललाई सर्वेन्द्रको चेतावनी !

काठमाडौ । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले आफ्ना पूर्व सहकर्मी , नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललाई मुख सम्हालेर बोल्न चोतावनी दिएका छन् ।

एक राष्ट्रिय टेलिभिजनमा हालै दिएको अन्तर्वार्ताका दौरान पूर्व आइजीपी खनालले “मनपरी बोल्न कसैलाई छुट छैन । कुनै कुनै दिन व्यहोर्नुपर्छ । मिडियाकै कभरेजका भरमा हिरो भएर हुदैन । उहाँका पनि धेरै कुरा आएका छन् । कुनै प्रधानमन्त्री आइजीपीले उहाँलाई एउटा घटनामा मुद्धा दर्ता नगर् भनेर दवाव दिएको कुरा आयो । दवाव नझेलेको भए किन मुद्धा दर्ता नगरेको ? पहिले भनेको मान्ने अहिले जे पायो बोल्ने ?” भनी आक्रोश व्यक्त गरेका छन् ।

समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अहपरण गरेको आरोप खेपिरहेका खनालका बारेमा पूर्व डिआइजी रमेश खरेलले टिप्पणी गर्दै सर्वेन्द्रका कारण प्रहरी र बर्दीको अपमान भएको भन्दै खेद व्यक्त गरेका थिए ।

अन्तर्वाताका दौरान खनालले आफूमाथि लगाइएका आरोप गलत रहेको भन्दै समयक्रममा पुष्टी हुदै जाने बताएका छन् । डा.यादव स्वेच्छाले काठमाडौं आएको भन्दै खनालले नखाएको विष नलाग्ने बताए । सरकारको निर्णयले आफू आइजीपी भएको भएतापनि रमेश खरेलले आफू बन्न नसको कुण्ठा बोल्दै हिड्ने गरेको खनालको दावी छ । आफू प्रहरीबाट रिटायर्ड भएपनि टायर्ड नभएको भन्दै आफूलाई डिफेम गर्न भएका प्रयास असफल हुने खनालको भनाई छ । आफूले समाजको विकृति र विसंगति विरुद्ध निरन्तर काम गर्ने भन्दै खनालले बाँकी भूमिका समयले निर्धारण गर्दै लैजाने बताए ।-न्यूज २४ टेलिभिजनसंग खनालले गरेको कुराकानीमा आधारित ।

Related Articles

Back to top button
Close