vada
News

थप १८० जनामा कोरोना, संक्रमित संख्या १५,९६४पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणमा सोमबार एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९ सय ६४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकरी दिनुभयो । पछिल्लाे २४ घण्टामा दुइ सय ६४ जनाले काेराेना जितेर घर फर्किएका छन् । यससँगै नेपालमा काेराेना जितेर डिस्चार्ज हुनेकाे संख्या ६ हजार ८ सय ११ जना पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय २१ जनाको परीक्षण भएको छ । योसँगै सोमबारसम्म पीसीआर विधिबाट २ लाख ५५ हजार ७ सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ लाख ११ हजार ७ सय २४ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनहरुमा २९ हजार २ सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ११८ जना संक्रमित उपचाररत रहेका छन्

Related Articles

Back to top button