vada
News

प्रियंका कार्की ईन्स्टामा सर्वाधिक फलोअर्स पाउने पहिलो नेपाली नायिका

नेपाली सेलिब्रेटीहरु सामाजिक सञ्जाल फेसबुकभन्दा इन्स्टाग्राम बढी प्रयोग गर्ने गर्दछन् । यसलाई कलाकारको लोकप्रियता मापन गर्ने तराजुको रुपमा पनि लिइन्छ । फलोअर्सको आधारमा त्यो व्यक्ति दर्शकमाझ कति लोकप्रिय छ भन्ने आँकलन गर्ने गरिन्छ । इन्स्टाग्राम कलाकारका लागि आफ्नै दैनिक गतिविधिको जानकारी दिनेदेखि फिल्मको प्रचार गर्ने राम्रो माध्यम समेत बनेको छ ।

इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाउने पहिलो नेपाली अभिनेत्री प्रियंका कार्की बनेकी छन् । उनलाई इन्स्टामा पछ्याउनेको संख्या दश लाख पुगेको छ । ८ सय ६६ जनालाई फलो गर्ने गरेकी उनले इन्स्टामा दश लाख फलोअर्स पुगेकोमा आफ्ना प्रशंसकसँग खुसी साटेकी छन् । उनलाई आशिरमान देशराज जोशी, अभिनेत्री ऋचा शर्मालगायतकाले बधाई पनि दिएका छन् ।

प्रियंका कार्कीले इन्स्टामा आफूलाई अभिनेत्री, लेखक, निर्देशक, निर्माता र समाजसेवीको रुपमा चिनाएकी छन् । अभिनेता आयुष्मान देशराज जोशीसँग बैबाहिक जीवनमा बाँधिएपछि आफ्नो नामको पछाडि देशराज जोशी राखेकी उनले दैनिक रुपमा इन्स्टामा तस्विर तथा भिडियोहरु पोस्ट्याउने गरेकी छन् । ती तस्विरले उनलाई कयैन् पटक विवादमा समेत ल्याएका छन् ।

इन्स्टामा सबैभन्दा धेरै फलोअर्स कमाउनेमा प्रियंकापछि अभिनेत्री अदिती बुढाथोकी पर्छिन् । उनलाई ९ लाख ९९ हजारले पछ्याउने गरेका छन् । सम्भवतः उनको पनि २४ घण्टाभित्र दश लाख फलोअर्स पुग्नेछ । इन्स्टामा धेरै फलोअर्स हुनेमा अभिनेत्री स्वस्तिमा खड्का पनि पर्छिन् । उनलाई ८ लाख ५४ हजारले पछ्याउने गरेका छन् । उनले भने ३ सय ५२ जनालाई फलो गर्छिन् ।

Related Articles

Back to top button