vada
News

रणवीर कपुरसंग मेरो विहेको हल्ला चल्दा निकै रमाइलो लाग्छ : आलिया भट्ट

एजेन्सी- हालै बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्टको विवाह बारे बलिउड तातेको छ । उनिहरु अबको केहि दिनमा विवाह बन्धनमा बाधिने हल्ला फैलिए पनि तर यो झुटो हो । हालै मात्र अलियाले आफ्नो विवाहको लेहेंगाको डिजाईन गर्नका लागि प्रसिद्ध डिजाइनर सब्यासाची संग भेटेकी छिन।

उनिहरुको प्रेम संम्बन्धको सुरु फिल्म ब्रह्मास्त्र’ को सुटिंगमा भएको थियो । केहि समय पहिला देखि यि दुबै आफ्नो प्रेम बारे निर्धक भएर कुरा गरेका छन् । त्यस पश्चात यी दुई हरेक कार्यक्रमहरुमा एकसाथ देखिदै आएका छन् । आलियाले प्रेमि रणवीरलाई फिल्म फेयर अवार्डको क्रममा आफ्नो मनको राजा भन्दै प्रेम प्रस्ताव राखेकी हुन् ।

र दुई वर्षदेखि प्रेममा रहेको र एक अर्कालाई डेट गरिरहेका रणवीर र आलियाले आफ्नो सम्बन्ध भने सार्वजनिक रुपमा स्वीकार गर्दै आएकन छन् । भारतिय मिडियाका अनुसार आलिया र रणबीरले यही वर्ष डिसेम्बरममा विहे गर्न बताएकी छिन् । पछिल्लो पटक चलाइएका हल्लाबारे आलियाले पुनः मुख खोलेकी छन् । उनले आफ्नो र रणबीरको विहे हुने भनेर हल्ला चल्दा रमाइलो लाग्ने बताएकी छिन् ।

Related Articles

Back to top button