vada
News

ललितपुरको कोन्ज्योसोममा पनि भेटियो कोरोना संक्रमित, ललितपुरमा संक्रमित संख्या २० पुग्यो

ललितपुर । ललितपुरमा आज दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २ जना कोरोना संक्रमित पुष्टि गरेका हुन् ।

आज ललितपुरमा भेटिएका दुवै संक्रमित पुरुष रहेको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए । उनका अनुसार आज थपिएका कोरोना संक्रमितहरुमा कोन्ज्योसोम गाउँपालिका वडा नं. ४ नल्लुका ५५ वर्षिय पुरुष रहेका छन् । उनलाई टेकु लैजाने तयारी भैरहेको गेलालले बताए ।

त्यस्तै अर्का संक्रमितमा ललितपुरका २९ वर्षिय पुरुष रहेका छन्, उनलाई टिचिङ हस्पिटलमा उपचाररथ रहँदा कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको गेलालको भनाई छ । उनले भने, ‘उहाँलाई शशस्त्र प्रहरीको बलम्बु हस्पिटल लैजाने तयारी भैरहेको छ ।’ स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

यसअघि ललितपुरमा १८ जना संक्रमित भेटिएका छन्, योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या २० पुगेको छ ।

गत असार १७ र १८ गते लतिलपुरमा ८ जना कोरोना भाईरस (कोभिड–१९) संक्रमित थपिएका थिए । असार १८ गते महालक्ष्मी नगरपालिका वडा नं. ६ सिद्धिपुर ३० वर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो । ती पुरुष असार १३ गते साउदीबाट नेपाल आएका थिए ।

त्यस्तै असार १७ गते ३ स्वास्थ्यकर्मीसहित अन्य ४ गरी ७ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु मध्ये ५ जना महिला र २ जना पुरुष रहेका छन् । थपिएका संक्रमितहरुमा ललितपुर–१४ थसिखेल बस्ने वर्ष २७ को पुरुष रहेका थिए । उनी पेटको आन्द्रामा पानी जमेर उपचार गर्न अल्का हस्पिटलमा गएका थिए । स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै सप्तरी राजविराज घई भई हाल ललितपुर–१४ थसिखेल बस्ने वर्ष ३१ र खोटाङ जिल्ला घर भई हाल ललितपुर–१५ सातदोबाटो बस्ने वर्ष ३४ की महिला पनि कोरोना पोजिटिभ देखिएको थियो । दुवै जना अल्का हस्पिटलका स्वास्थ्यकर्मी हुन् ।

गोदावरी–११ चापागाउँका ६६ वर्षिय पुरुष, महालक्ष्मी–८ लुभुका २३ वर्षको महिला, ललितपुर–२३ हात्तीवनका २४ वर्षिय महिला, ललितपुरको नखीपोटका ३३ वर्षिय गर्भवती महिला रहेका थिए ।

यसअघि ललितपुरमा १० जनामा कोरोना पोजिटिभ देखिएकोमा २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा बुंगमतीको ५७ वर्ष र टीकाथलीका ५० वर्षका पुरुष रहेका छन् ।

Related Articles

Back to top button