अचम्मको घटना, डडेल्धुराकी मायाका जुम्ल्याहामध्ये एक वच्चा थैलीसहित जन्मिए
डडेल्धुरा । डडेल्धुरा अस्पतालमा थैलीसहित बच्चा जन्मिएको छ । डडेल्धुरा अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजन शाहले शल्यक्रियामार्फत सो प्रसूति गराउने क्रममा यो घटना भएको अस्पतालले जनाएको छ ।डडेल्धुरा अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजन शाहका अनुसार संसारमै दुर्लभ मानिने ुइन काउल बर्थु मार्फत डोटीको दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया माया बोहराले जन्म दिएकी हुन् ।
उनले जन्माएका २ शिशुमध्ये दोस्रोपटक निकालिएका बच्चा पानीको थैलीसहित जन्मिएको डाक्टर शाहले बताए । ुइन काउलसँगै जन्मेको बच्चा दुर्लभ हुन्छन् र यस्तो जन्म विरलै हुने भन्दै डाक्टर शाहले भने यस्तो जन्म करिब ८० हजारमा एक हुने गर्दछ ।सबै बच्चा गर्भमा रहँदा पानीको थैलीमा हुने गरेपनि जन्मिने क्रममा प्रायः यो थैली आफैँ फुटेर वच्चा बाहिर निस्किने भएता पनि यो केसमा दोस्रो वच्चालाई चिकित्सकले सकुशल पानीको थैलि सहित बाहिर निकाल्न सफल भएका हुन् । ज्न शल्यक्रिया सफल भएकोमा चिकित्सक र मायाका परिवार अहिले खुशीले फुरुगं छन् ।