News
कोरोना संक्रमणबाट गुरु भक्तिचारु स्वामीको मृत्यु
काठमाडौ, असार २१- विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३३ हजार ४ सय ७३ पुगेको छ । त्यस्तै संक्रमितको संख्या १ करोड १३ लाख ८१ हजार ४ सय ३८ पुगेको छ । त्यसतैगरी संक्रमण भएका ६४ लाख ३९ हजार ८ सय ३ जना उपचारपछि निको भई घर फर्केका छन् ।
त्यस्तै कोरोनाबाट इस्कनका प्रमुख गुरु भक्तिचारु स्वामीको निधन भएको छ । उनको शनिवार उपचारको क्रममा निधन भएको हो ।जुन ३ मा उपचारका लागि अमेरिका गएका उनलाई पछिल्लो केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको शनिबार मृत्यु भएको अन्तरास्ट्रिय संचार माध्यमले जनाएको छ ।