vada
News

लद्दाखमा भूकम्पको धक्का

एजेन्सी । भारतको लद्दाखमा भूकम्पको धक्का महशुस गरिएको छ । भारतीय भूकम्प विज्ञानको राष्ट्रिय केन्द्रका अनुसार आइतबार बिहान ३.४० बजे उक्त स्थानमा भूकम्पको धक्का महशुस गरिएको हो ।

उक्त भूकम्प ४।७ रिक्टर स्केलको रहेको जनाइएको छ । भारतिय मिडियाका अनुसार उक्त भूकम्प को केन्द्र कार्गिलबाट ४३३ किलोमिटर उत्तर–पश्चिममा रहेको र कुनै क्षति नभएको बताइएको छ ।

Related Articles

Back to top button