News
एक हप्तामा विदेशमा रहेका १३ नेपालीहरुको काेराेनाबाट ज्यान गयो
२१ असार, काठमाडौं । विदेशमा रहेका काेराेना भाइरस संक्रमित थप १३ जना नेपालीकाे ज्यान गएकाे छ। कोरोनाकाे संक्रमणले यो साता थप १३ जनाको ज्यान गएको हाे।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना गरी १३ जना नेपालीको ज्यान गएको हो।
समितिका अनुसार शनिबार साँझसम्म नेपाल बाहिर १४ देशमा १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो। हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, ओमानलगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ।
समितिका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ जना गैरआवासीय नेपालीमा कोरोना निकाे भएकाे भएकाे छ।