आज आइतबार यस्तो छ विदेशी मुद्राको भाउ
काठमाडौ, असार २१ -आज आइतबार नेपाली बजारमा अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ११९ रुपैयाँ ७२ पैसामा झरेको छ। त्यस्ते आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ ।
आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ। त्यस्तैगरी आज बहराईन दिनार एकको खरिददर ३१५ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर ३१७ रुपैयाँ ५१ पैसा रहेको छ। आज आइतबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ४२ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ १७ पैसा रहेको छ।
त्यस्तैगरी आज रोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर १ सय ३४ रुपैयाँ ४८ पैसा रहेको छ। आज कुवेती दिनार एकको खरिददर ३८६ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ३८८ रुपैयाँ ८८ पैसा रहेको छ। त्यस्तै असार २१ गते मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ।आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८७ रहेको छ।