vada
News

एसईई : सबै विद्यार्थीको न्यूनतम ‘सी’ ग्रेड !

काठमाडौं, २१ असार । यस वर्षको एसईई परीक्षामा सबै विद्यार्थीको ग्रेड ‘सी’भन्दा मुनि नआउने देखिएको छ । अधिकांश विद्यालयले गर्ने अन्तिम मूल्याङ्कन हेर्दा सबैले ‘ए’ प्लस देखि ‘सी’ सम्मको ग्रेड पठाउने भएका छन् ।विद्यालयले तीन तहको परीक्षाको आधारमा जिल्ला शिक्षा समन्वय इकाइलाई पठाएको अंकमा इकाइले प्रमाणित गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाउने भएको छ ।मन्त्रिपरिषद्को बैठकले विद्यालयले पठाएको अन्तिम मूल्याङ्कनको आधारमा प्रमाणपत्र दिने निर्णय गरेपछि आफ्ना सबै विद्यार्थीलाई ‘ए’ प्लस देखि ‘ई’ ग्रेड आउने सम्मको नम्बर दिने अधिकार विद्यालयलाई नै हुनेछ ।अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिएपछि सबै विद्यार्थीले ‘सी’ भन्दा तल नआउने आँकलन गरिएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Related Articles

Back to top button