vada
News

भक्तपुर चाँगुनारायणको एक गर्भवती महिलामा देखियो कोरोना

ललितपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका एक महिलामा कोरोना पोटिटिभ देखिएको छ । चाँगुनारायाण नगरपालिका वडा नं. २ दुवाकोट बस्ने २७ वर्षकी गर्भवती महिलामा कोरोना देखिएको हो ।

संक्रमित महिला गतअसार ७ गते कतारबाट नेपाल आएकी थिईन । कतारबाट नेपाल आएपछि उनी होम क्वारिन्टिनमा बसेकी उनको दाबी छ । पाटन हस्पिटल आई असार १८ गते सुत्केरी वार्डमा भर्ना भएकी ती महिलामा आज बेलुकी पोजिटिभ देखिएको अस्पताल स्रोतले बतायो ।उनलाई पाटन हस्पिटिलको आइसोलेसन वार्डमा राखी उपचार भैरहेको छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Related Articles

Back to top button