vada
News

कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ।

गत आइतबार उपचारका लागि उदयपुरबाट ल्याइएको ती शिशुमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ।

कान्ति बाल अस्पतालमा पहिलो पटक संक्रमण देखिएको अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले जानकारी दिए। संक्रमित शिशुको अवस्था सामान्य रहेको छ।

रगतको कमी, ज्वरो आएको लगायतका शंकास्पद लक्षण देखिएपछि बिरामीलाई आइसोलेसनमा राखिएको थियो। सोमबार कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर पठाएकोमा शुक्रबार रिपोर्ट पोजेटिभ देखिएको हो।

यसअघि कान्ति अस्पतालबाट अन्य धेरै शिशुलाई कोरोनाको आशंका गरेपनि संक्रमण पुष्टि भएको यो पहिलो घटना हो।

Related Articles

Back to top button