इतिहासमै पहिलो पटक अाेली सरकारको समर्थनमा जनता सडकमा
काठमाडौं । जनताका तागतले कैयाैँ इतिहास लेखिएका छन् । जनताकै कारण नेपालमा कैयाैँ राजनीतिक परिवर्तन भएका छन् । जनताले चाहे भने जे पनि हुन सक्छ । अहिले नेपाली जनताकाे एउटै चाहाना हाे – केपी शर्मा अाेली नेतृत्वकाे सरकार ढाल्न पाइँदैन ।
जनताले सरकार ढाल्न खाेज्नेविरुद्ध खबरदारी थालिसकेका छन् । राष्ट्रिय झण्डा बाेकेर सडकमा निस्किएका छन् । ‘केपी शर्मा अाेली नेतृत्वकाे सरकार ढाल्न पाइँदैन,राष्ट्र र जनताका पक्षमा दृढ भएर लागेकाे सरकारलाई काम गर्न दिनुपर्छ, नेपालकाे शीर उचाे बनाएका प्रधानमन्त्री हटाउँन पाइँदैन, विदेशी हस्तक्षेप स्वीकार्य छैन्’- सडकमा निस्किएका जनता भन्छन् ।
तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक दल सत्ता सञ्चालनमा अयोग्य भएको भन्दै ०५९ सालमा राजकीय सत्ता हातमा लिनुभयाे । त्यसपछि राजनीतिक दलले आन्दो लनको घोषणा गरे । तर, नागरिक सडकमा निस्किएनन् ।
जतिबेलासम्म नागरिक सडकमा निस्किएनन्, त्यतिबेलासम्म राजनीतिक दलका नेता आन्दो लन र अनसनका नाममा यता र उता भाैतारिए । आन्दो लनको जग नै बस्न सकेन । राजनीतिक दल र दलका नेता हाँसोका पात्र बने ।
राजाविरुद्ध नागरिक जब सडकमा उत्रिए राजाले अपदस्त गरेको शासन सत्ता मात्र फिर्ता भएन राजसंस्था नै उखेलियो । नेपालबाट सदाको लागि राजसंस्था अन्त्य भयो । बहुदलीय व्यवस्थाविरुद्ध ताना बुन्ने ज्ञानेन्द्र दरबार छाडेर निस्कनु पर्याे ।
अहिले केपी शर्मा ओली सरकार विरुद्ध पनि राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेजस्तै सत्ता कब्जा गर्न अनेक ताना बुनिँदै छ । पटक पटक सत्तामा पुगेपनि खासै देखाउन लायकको काम गर्न नसकेका नेकपाका शीर्ष तहका नेता नै सत्ता कब्जा गर्ने दाउमा लागेका छन् ।
सरकार गठन भएदेखि नै नेकपाका केही नेता ओली सरकारलाई असफल बनाउने, राम्रा काम नदेख्ने, कसरी तल पार्न सकिन्छ भनेर अन्टसन्ट रच्ने सरकार गिराउने खेलोमा लागेका छन् ।
केही महिना अघि सरकार गिराउने गणितीय हिसाब मिलाएका ती नेता हिसाबमा फेल भएपछि सरकार गिराउन असफल भएका थिए । अहिले हिसाब नै नगरी तर्सिएका छन् । तीनै नेता सरकार गिराउने प्रपञ्चमा लागेपछि सडकमा नागरिक निस्किएका छन् । वर्तमान सरकार राष्ट्रवादी सरकार भएकोले सरकार गिराउने घृणीत खेलमा नलाग्न खबरदारी गर्दै सडकबाट राष्ट्रियताको झण्डा उठेको छ ।