vada
Video

संगीतकार अर्जुन पोख्रेल र गायिका दुर्गा खरेल विवाह सम्पन्न, को को सहभागी थिए – हेर्नुहोस भिडियो

काठमाडौं । संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल शुक्रबार विवाह बन्धनमा बाँधिएका छन् । काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा पुगेर उनीहरुले सामाजिक परम्पराअनुसार विवाह गरेका हुन् ।

सिमित आफन्त र साथीभाइहरुलाई बोलाएर उनीहरुले विवाह गरेका हुन् । अहिले पनि वैवाहिक कार्यक्रम चलिरहेको छ । अर्जुन र दुर्गा बेहुला बेहुली बनेको तस्बिर सार्वजनिक भएको छ ।अर्जुन र दुर्गा बेहुला बेहुली भएको तस्बिर सार्वजनिक गर्दै चर्चित गायक प्रमोद खरेलले उनीहरुलाई शुभकामना दिएका छन् ।

नेपाल सांगीतिक क्षेत्रका सफल संगीकारको परिचय बनाएका अर्जुन र गायिका दुर्गा सात वर्षदेखि अनुराग संगीत विद्यालयमा आवद्ध छन् । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, किस्मत २, क्याप्टेन’ लगायत दजैनौं चलचित्रका गीतमा अर्जुनले संगीत भरेका छन् भने अर्जुनका धेरै गीतमा दुर्गाको आवाज समेटिएको छ ।

संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल आज बैबाहिक जीवनमा बाँधिएका छन् । काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा उनीहरुले सिमित मानिसहरुको उपस्थितीमा बिहे गरेका हुन् ।सरकारले जारी राखेको लक डाउनका कारण बिहे समारोहमा १५ जना भन्दा बढी मानिस उपस्थित हुन पाइदैन । अर्जुन र दुर्गाको बिहेमा डेढ दर्जन हारहारीमा पाहुनाहरु उपस्थित थिए ।

अर्जुन र दुर्गाको बिहेमा नायिका पूजा शर्मा, दीपिका प्रसाँई, निर्देशक सुदर्शन थापा, दिवाकर भट्टराई, ज्ञानेन्द्र देउजा, लेखक सामिप्यराज तिमिल्सिना, गायक प्रमोद खरेल, कृष्ण काफ्ले लगायत पुगेका थिए । ७ बर्षदेखि नजिक भएका अर्जुन र दुर्गाले एक अर्कासँग जीवन बिताउन सहज हुने ठानेपछि बिहे गर्ने निर्णय गरेका हुन् ।

Related Articles

Back to top button