सुशान्तको पक्षमा बोल्दै लोकप्रिय नायिका कंगनाले बलिउडको नातावाद विरुद्ध दिइन् यस्तो कडा अभिब्यक्ति
एजेन्सी – सुशान्त सिंह राजपूतको निधनपछि भारतमा नातावाद , कृपावादका विषयमा बहष नै चलिरहेका छन् । स्टार किडहरु जति पनि फिल्म फ्ल्प हुँदा उनीहरु मज्जाले फिल्म उद्योगमा नै रहिरने तर एउटा वास्तविक कला भएको कलाकार भने पलायन हुने पर्ने बाध्यता बलिउडमा छर्लगं देखिएका बेला नायिका कंगना रनौतले पनि यो समूहवाद र परिवारवादविरुद्ध मुख फोरेकी छिन् ।
कंगना रनौत पछिल्ला केही दिनदेखि करन जोहरसहित स्टारकिड्समाथि निशाना साँध्ने कुनै मौका नछोडेका बेला करण जोहरको पक्ष लिएपछि नायिका स्वरा भास्कर समस्यामा घेरिएकी छिन् । कसैको मृत्युा लागि इन्डष्ट्रिका मानिसहरुलाई जिम्मेवार देखाउनु सही नभएको भन्दै स्वारले एउटा पोष्ट लेखेपछि कंगना अहिले स्वरा विरुद्ध खरो रुपमा लागिपरेकी छिन् ।
मानिसहरुले उनलाई पहिले नै ट्रोलको शिकार बनाइरहेका बेला कंगाना नै स्वरा विरुद्ध लागेपछि स्वराको स्वर मलिन बनेको छ । कंगनाले सुशान्त एक सुपरस्टार भएको तर करण जोहर तलब खाने एक प्रस्तोतकर्ता भएका कारण करणको चाकडी गर्दै नहिँड्न पनि स्वरालाई सुझाएकी छिन् ।