vada
Video

बेलुका ७ बजे सम्म संगै बसेको एलिसा गौतमकी छिमेकी दिदी आइन मिडियामा, के थियो त उनले आ*त्मह त्या गर्नुको कारण (भिडियो)

बेलुका ७ बजे सम्म संगै बसेको एलिसा गौतमकी छिमेकी दिदी आइन मिडियामा, के थियो त उनले आ*त्मह त्या गर्नुको कारण (भिडियो)

दाङ, १८ असार । दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा लाइभ भिडियो गर्दै आ*त्मह त्या गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले गत राति फेसबुकमा लाइभ गरेर आ*त्मह त्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरेका छन् ।

प्रहरीका अनुसार युवतीले फेसबुक लाइभ गर्दै आ*त्मह त्या गरेको खबर मध्यराती १ बजेर २५ मिनेटमा जानकारी पाए पनि घर पत्ता लगाउन मुस्किल हुदा अबेर भै घर पुग्दा उनको मृत्यु युवतीको भैसकेको थियो ।

गौतमको केही समयअघि डिभोर्स भएको खुल्न आएको प्रहरीले प्रारम्भिक जानकारी प्राप्त भएको बताएको छ । गौतमकी छोरी पहिलाको श्रीमान्सँग भएको बताए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ । हाल उनि आफ्नो माइतीमा बस्दै आएकी थिइन । आमाबाबु भने भारतमा काम गर्न गएकोले उनी कोठामा एक्लै बस्ने गरेको खुलेको छ ।

मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पनि पढ्नुहोस

काठमाडौं – ६ महिनादेखि फैलिएको को रोना भा इरसको म हामारीले अझै खराब अवस्था निम्त्याउने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) ले चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले म हामारी फैलिए पनि आर्थिक गतिविधि र जनजीवन समान्य बनाउने नाममा विभिन्न मुलुकहरूले महामारी नियन्त्रणका लागि सही नीति अवलम्बन नगर्दा को रोना भा इरसबाट अझै धेरै मानिसहरु सं क्रमित हुने चे तावनी दिएका हुन् ।

म हामारी नि यन्त्रणका लागि अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलशन र क्वारेन्टिन नै उपयुक्त उपाय भएको उनको सुझाव छ ।
‘हामी सबै जीवन जिउन चाहन्छौँ । तर कठीन सत्य यो हो कि, म हामारी अन्त्य हुने सम्भावनाको नजिक पनि छैन,’ टेडरोजले सोमबारको ब्रिफिङमा भने ।

को रोना भा इरस पहिलोपटक गत वर्षको डिसेम्बर ३१ मा चीनको वुहानमा देखिएको थियो । त्यसयता विभिन्न मुलुकहरूले म हामारी फैलन नदिन लगाएको भ्रमण प्रतिबन्ध तथा ल कडाउन खुकुलो बनाउँदै सामान्य अवस्थाझैँ दैनिक गतिविधि अगाडि बढाउँदै लगेका छन् ।
ईयूले समेत जुलाई १ देखि विभिन्न १४ मुलुकलाई सुरक्षित देशको सूचिमा राख्दै यात्रा प्रतिबन्ध फुकुवा गरेको छ ।

Related Articles

Back to top button